भारतीय र पाकिस्तानी नागरिक एक अर्काप्रति निकै नकारात्मकः अध्ययन


 भारत र पाकिस्तानले कुटनीति मार्फत् सम्बन्ध सुधारको प्रयास गरे पनि दुई देशका नागरिक एक अर्काप्रति निकै नकारात्मक रहेको पाइएको  छ । अमेरिकी संस्था प्यू रिसर्च सेन्टरले गरेको अध्ययनमा भारत र पाकिस्तानका नागरिकको सोंच सरकारको भन्दा फरक रहेको पाइएको बिबिसीले जनाएको छ ।

प्रतिवेदन अनुसार भारतका बारेमा पाकिस्तानी नागरिकको राय निकै कडा छ । ७२ प्रतिशत पाकिस्तानी नागरिक भारतका बारेमा राम्रो सोंच्दैनन भने ५९ प्रतिशत भारतीय नागरिक पाकिस्तानका बारेमा नकारात्मक छन् । ५७ प्रतिशत पाकिस्तानीले भारत आफ्ना लागी सुरक्षा खतरा रहेको बताएका छन् । ५९ प्रतिशत भारतीयले काश्मिरको मतभेद समाप्त हुनुपर्ने बताएका छन् भने ७९ प्रतिशत पाकिस्तानीले यो समस्याको समग्रमा समाधान हुनुपर्नेमा जोड दिएका छन् ।
१३ प्रतिशत भारतीय नागरिकले मात्रै पाकिस्तान प्रति सकारात्मक सोंचेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । तर दुवै तर्फका नागरिकले सम्बन्ध सुधारमा जोड दिएका छन् ।

No comments:

Post a Comment