समाचार

फिल्म चेन्नई एक्सप्रेसको प्रिमियरका लागि बेलायत पुगेका बलिउड अभिनेता शाहरुख खान र नायिका दीपिका पादुकोण । तस्वीरः 










जनकपुरमा गुडिरहेको रेलबाट हाम्फालेर महिलाको मृत्यु











अपहरण कारी लाई झुक्क्याएर बालक घर फर्कियो

(बुधबार) अपहरणमा परेका स्याङ्जा वालिङका एक बालक भैरहवाबाट अपहरणकारीलाई छक्याएर भाग्न सफल भएका छन् । नवलपरासीको बन्कट्टीस्थित मामा घरबाट आफ्नो घर जाँदै गरेका १३ वर्षीय कृष्ण पराजुली हिजो दिउसो अपहरणमा परेका थिए । भैरहवाको बुद्धचोकमा गाडी रोकेर अपहरणकारी पसलमा सामान किन्न गएका बेला उनी भाग्न सफल भएका थिए ।
वालिङस्थित ओमशान्ति मन्दिर नजिकबाट ग १ ख २८३६ नम्बरको माइक्रोबसमा आएका दुई जनाले जबर्जस्ती समातेर लगेको पराजुलीले बताएका छन् । बालकका आफन्तले घटनामा संलग्नहरुको खोजी गरी कानुनी कारबाहीको माग गर्दै प्रहरी चौकी मंगलापुरमा निवेदन दिएका छन्। प्रहरीले अपहरणकारीको खोजी सुरु गरेको जनाएको छ ।

No comments:

Post a Comment