नयाँ ब्लाकबेरी फोन तत्काल नआउने


ब्लाकबेरी फोन निर्माता क्यानडाली कम्पनी रिसर्च इन मोसन रिमले आफ्नो नयाँ मोबाइल अपरेटिङ सिस्टम ब्लाकबेरी १० तत्काल नल्याउने भएको छ । कम्पनीको घाटा तथा कामदार कटौती लगायतका कारण नयाँ अपरेटिङ सिस्टमको लञ्चिङ पर सारिएको रिमको भनाइ छ ।
पछिल्लो ३ महिनामा रिमले झण्डै ५२ करोड डलर घाटा बेहोरेको जनाएको छ । जबकी गएको वर्षको सोही त्रैमासिकमा साढे ६९ करोड नाफा गरेको थियो । ब्लाकबेरी स्मार्टफोनको बिक्रिमा तिब्र गिरावट आएपछि कम्पनीको घाटा चुलिएको बताइएको छ ।
एप्पलको आइफोन तथा गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टमसँग प्रतिस्पर्धा गर्न ब्लाकबेरीलाई निकै सकस परिरहेको
विश्लेषकहरु बताउँछन् । घाटा बढेसँगै रिमको शेयर मूल्यमा पनि ७० प्रतिशतले गिरावट आएको छ ।
यसअघि ब्लाकबेरी १० अपरेटिङ सिस्टम सहितको नयाँ ब्लाकबेरी स्मार्टफोन सन् २०१२ को अन्त्यसम्ममा बजारमा आउने अपेक्षा गरिएको भएपनि अब सन् २०१३ को पहिलो त्रैमासिकसम्ममा ब्लाकबेरीको नयाँ संस्करण नआउने पक्का भएको छ ।

No comments:

Post a Comment