कपडा कारखानामा आगो लाग्दा २ सय १२ जनाको मृत्यु


भदौ २७ - पाकिस्तानको कराँचीमा कपडा कारखानामा आगो लाग्दा २ सय १२ जनाको ज्यान गएको छ । कम्तीमा ६५ जना घाईते भएका छन् । तीन तले भवनमा आगो लाग्दा ठूलो मानवीय क्षति भएको जी ओ टीभीको अनलाइन संस्करणले जनाएको छ ।

आगो लागेपछि हाम्फाल्दा  कयौंका हात खुट्टा भाँचिएका छन् । जुत्ता कारखानामा आगो लाग्दा २५ जनाको ज्यान गएको अर्को दिन अर्को ठूलो मानवीय क्षति भएको हो ।   

कराँचीमा विभिन्न उत्पादनका १२ हजारभन्दा बढी कारखाना छन् र त्यहाँ सुरक्षा प्रवन्ध अत्यन्त कमजोर छ । सामान्य मजदुरका रुपमा कार्यरत मानिसहरुलाई विमाको व्यस्था समेत नगरिएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन् । -एजेन्सीको सहयोगमा


No comments:

Post a Comment