अमेरिकी राजदूतको हत्या


लिबियामा अमेरिकी राजदूतको हत्या भएको छ । अमेरिकामा बनेको चलचित्रमा ईस्लाम धर्म र पैगम्बर मोहम्मदको अपमान गरिएको भन्दै लिबियाको बेनगाजी शहरमा रहेको अमेरिकी बाणिज्य दुतावासमा भएको आक्रमणमा अमेरिकी राजदूत क्रिस स्टेफेन्सको ज्यान गएको छ ।

दुतावासका अरु तीन जना कर्मचारी पनि मारिएका छन् । अमेरिकी राष्ट्रपति बाराक ओबामाले राजदूत मारिएको पुष्टि गर्दै त्यसको कडा आलोचना गर्नुभएको छ । ओबामाले आक्रमणलाइ अपमान जनक भन्नुभएको छ । अमेरिकी वाणिज्य दुतावासमा प्रदर्शनकारीले आगो लगाउनुका साथै ग्रेनेड प्रहार गरेका अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् ।

मुस्लिम धर्म विरोधी भनिएको चलचित्रको विरोधमा ईजिप्टको राजधानी कायरोमा अमेरिकी दुतावास अगाडी पनि प्रदर्शन भएको छ । अमेरिकामा निर्माण गरिएको चलचित्रका एक जना निर्माता केही समय अघि कुरान जलाएको घटनामा मुछिएका अमेरिकी पादरी रहेको प्रदर्शनकारीको दावी छ ।

उनीहरुले अभिव्यक्ति स्वतन्त्रताका नाममा ईस्लाम धर्मको अपमान गरिएको भन्दै निन्दा गरेका छन् ।

No comments:

Post a Comment