वौद्धिक सम्पत्तीको चोरी गरेको अभियोग प्रमाणित भएपछि मोवाइल उत्पादक कम्पनी सामसुङले ठुलो परिमाणको जरिवाना तिर्नुपर्ने भएको छ । लामो समयदेखि आफ्नो सफ्टवेयर, डिजाइन र अवधारणा चोरी गरेको आरोप प्रत्यारोप गरिरहेका सामसुङ र एप्पल कम्पनीको मुद्दामा अमेरिकाको एक अदालतले सामसुङलाई दोषी ठहर गर्दै जरिवाना तिराउने फैसला गरेको हो ।
अदालतले प्याटेन्ट अधिकारको उल्लंघन गरेको ठहर गर्दै सामसुङले १ अर्ब ५ करोड डलर एप्पललाई जरिवाना बापत तिनुपर्ने फैसला गरेको बिबिसीले जनाएको छ । एप्पलले आफ्नो बौद्धिक सम्पत्तिको चोरी गरेको भन्ने सामसुङको दावीलाई अदालतले अस्वीकृत गरिदिएको छ ।
सामसुङले यो निर्णय विरुद्ध अपिल गर्ने बताएको छ । केही हप्ता अघि एक दक्षिण कोरीयाली अदालतले भने दुबै कम्पनीले एकअर्काको प्रविधी चोरी गरेको ठहर गरेको थियो । फैसला वौद्धिक कानुन र प्याटेण्ट अधिकारका क्षेत्रमा विश्वव्यापी प्रभाव राख्ने खालको भएको बिबिसीले उल्लेख गरेको छ ।
एप्पलले आफ्नो उत्पादन आइफोनको अवधारणा डिजाइन र सफ्वेयर चोरी गरि सामसुङले ग्यालेक्सी सिरिजका फोन बनाएको दावी गर्दै आएको छ भने सामसुङले भने एप्पलले आफ्नो प्याटेण्ट अधिकारको चोरी गरेको आरोप लगाउदै आएको थियो ।
सामसुङ र एप्पल स्मार्ट फोनको उत्पादन र विक्रिमा तीव्र प्रतिस्पर्धा गरिरहेका २ कम्पनी हुन् ।
No comments:
Post a Comment