भारतीय प्रधानमन्त्री डाक्टर मनमोहन सिंहले सोसियल मिडिया देशको लागि सुरक्षा चुनौति बनिरहेको बताउनुभएको छ । सोसियल मिडिया र एसएमएसबाट गरिएको प्रचारका कारण भारतको दक्षिणी र पश्चिमी क्षेत्रमा बस्दै आएका उत्तर पुर्वी भारतीय नागरिकमाथि साप्रदायिक हमला भएको र यो चिन्ताको विषय भएको सिंहले बताउनुभयो ।
सोसियल मिडियाको गलत प्रचारका कारण सांप्रदायिक घटना भएको भन्दै उहाँले आउँदा दिनमा प्रहरी प्रशासनले सोसियल मिडियाको गलत प्रयोगलाई नियन्त्रण गर्ने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री सिंहले साईबर आक्रमण र साइवर सुरक्षाका लागि हुने खतरा कम गर्न सरकारले नयाँ सुरक्षा ढाँचा बनाउने पनि बताउनुभयो ।
No comments:
Post a Comment