ग्रामिण क्षेत्रका पाँच लाख भन्दा बढी घर धुरीमा सौर्य उर्जा पुगेको छ । सरकार, निजी क्षेत्र र विभिन्न परियोजना मार्फत पाँच लाख भन्दा धेरै घरधुरीमा सौर्य उर्जा पुगेको हो । बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रसँग सहकार्य गरिरहेको नेपाल सौर्य विद्युत उत्पादक संघका उपाध्यक्ष दिपकबहादुर शाहीले पछिल्लो तथ्याङक हेर्दा आफूहरुको तर्फबाट साढे चार लाख र अन्य क्षेत्रबाट त्यसको १५ प्रतिशत थप गरि झण्डै पाँच लाख भन्दा बढी घरधुरीमा सौर्य उर्जा बलेको दाबी गर्नुभयो ।
अहिले बार्षिक झण्डै २ लाख घरधुरीबाट सोलार जडानको माग आएपनि सरकारी योजना अनुसार कम्तिमा ८० हजार घरधुरीका लागि मात्रै कार्यक्रम रहेको शाहीको भनाई छ । शहरी क्षेत्रमा व्यक्तिगत पहलमा जडान भएका सोलारबारे भने तथ्याङ नभएको शाहीको भनाई छ ।
No comments:
Post a Comment