भदौ २७ - अफगानीस्तानमाथि ७-१ को शानदार जित दर्ता गर्दै नेपाल दोश्रो साफ महिला च्याम्पियनशीपको समुह बी बिजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा नेपालको भिडन्त शुक्रबार समुह ए को उपविजेता तथा आयोजक श्रीलंकासँग हुनेछ । मिडफिल्ड र फरवार्ड लाइनमा समन्वय नभए पछि यसअघिका खेलहरुमा निराश देखिएका प्रशिक्षक किशोर केसी वुधवारको खेलपछि भने खुशी देखिए ।
जारी साफ च्याम्पियनशीपमा हालसम्मकै उत्कृष्ट खेल पस्केको नेपालको जितमा मिडफिल्डरद्वय निरु थापा र सजना राणाले २-२ गोल गरे भने अर्को २ गोल स्ट्राइकर अनु लामाले गरेकी थिइन् ।
अर्को एक गोल कप्तान जमुना गुरुङ्गको नाममा रह्यो । खेलभरि नेपालको पोस्टमा एक पटक मात्र गरेको आक्रमणमा अफगानीस्तान सफल भएको थियो । उसका लागि मर्जानले पहिलो हाफमा गोल गरिन् ।
निरुले नेपाललाई खेलको पाँचौं मिनेटमै पहिलो सफलता दिलाइन् । दिपा अधिकारीले कर्नरमा पास दिएपछि केही कदम अगाडि बढ्दै १५ यार्डबाट सशक्त प्रहार गर्दै गोल गरेकी थिइन् । त्यसपछि जमुनाले गोल गर्दै अग्रता दोब्बर पारिन् । खेलको १९ औं मिनेटमा अफगानी गोलकिपर नादियाले अनुलाई पेनाल्टी एरियामा लडाएपछि नेपालले पेनाल्टि प्राप्त गरेको थियो ।
त्यसको एक मिनेटपछि जमुनाले गोल गर्ने अर्को अवसर खेर फालिन् । अफगानी डिफेन्डरहरुलाई छक्याउदैं बल डी एरिया भित्र लान सफल भए पनि जमुनाको प्रहारलाई नादियाले छेकेकी थिइन ।
यस्तै २६ औं मिनेटमा अनुले दुई अफगानी डिफेन्डरहरु र किपरलाई छक्काए पनि उनको प्रहारलाई अर्का खेलाडीले गोल लाइनबाटै क्लियर गरे । त्यसपछि नादियाले वान भर्सेज वानमा जमुनाको प्रहारलाई बिफल पारिन् ।
अफगानीस्तानले ४२ औं मिनेटमा गोल अन्तर कम गरेको थियो । नेपाली डिफेन्डरहरुले राम्रो मार्किङ्ग गर्न नसक्दा मर्जानले हाइलाई अरघार्नडिवालको पासको सदुपयोग गर्दै सजिलै गोल गरेकी थिइन् । दुई मिनेट पछि नै अनुले अर्को मौका चुकाइन् । उनको प्रहारलाई नादियाले डाइभ हान्दै उत्कृष्ट बचाउ गरेकी थिइन् ।
पहिलो हाफको अतिरिक्त समयमा आफ्नो उत्कृष्ट प्रदर्शनलाई जारी राख्दै निरुले टिमलाई ३-१ को स्थितिमा पुर्याइन् । अनुले प्रहार गरेको बल पहिले पोलमा अनि किपरलाई लागेर फर्केपछि निरुले रिबाउन्डमा सशक्त प्रहार गर्दै गोल गरेकी थिइन् ।
दोश्रो हाफ शुरु भएको दुई मिनेटपछि नै सजनाले गोल अन्तरलाई फराकिलो पारिन् । उनको प्रहार अफगानी रक्षक फ्रोजान ताजालीलाई लाग्दै जाली चुमेको थियो । अनुको मिहिनेतले ६९ औं मिनेटमा रङ्ग ल्यायो । दिपा अधिकारीको कर्नरबल नादियाले फुत्काएपछि अनुले गोललाइन नजिकैबाट सहज गोल गरेकी थिइन् ।
त्यसको तीन मिनेटपछि नै सजनाले २० यार्डबाट गरेको सशक्त प्रहार गोलमा परिणत भयो । निर्धारित समय सकिन एक मिनेट बाकी छ“दा अनुले सजनाको पासमा आफ्नो दोश्रो गोल गरिन् ।
टिमको प्रदर्शनबाट प्रशिक्षक किशोर केसी सन्तुष्ट देखिएका थिए । ँआज हाम्रो मिडफिल्ड र फरवार्ड लाइनबीच राम्रो समन्वय भएको थियो । हाम्रो डिफेन्समा अझै कमजोरी छ । यसलाई हामीले श्रीलंकास“ग खेल्दा सुधार्नै पर्छ ।’ केसीले भने । केसीले निरुको प्रशंसामा कुनै कन्जुस्याई समेत गरेनन् । उनले भने ँनिरु राम्री खेलाडी हुन । उनले प्रतियोगिताको एकदमै सहि समयमा आफ्नो लय समातेकी छिने । उनको प्रदर्शनले टिममा निकै मद्दत पुग्छ, ।’ केसीले थपे ।
No comments:
Post a Comment