खास गरी जनजाती भनेर नेताको भाषमा प्रयोग गरीने दाजु भाईहरुको कमेन्ट मैले हेरे आखिर उनिहरु पनि यो चाहादैनन् की संघिय राज्य होस् देश टुक्रा टुक्रा नहोस् । अबको आरांश सजीलो छ साथीहरु हो , आखिर देश विखन्डन चाहिएको नेता हरुलाई मात्र रहेछ । हर्ेर्नुहोस् अहिले नेपाली जनता लाई राजनीती हैन विकाश सुरक्षा र रोजगारको आवस्यक छ । त्यसैले जो कोहि पनि नेपालको छत्र छाषमा बस्दछ त्यो नेपाली हो, जातीय राज्यको नाममा जनतालाई एक आपसमा भिड्न लगाएर रडाको मच्चाउने यी चोरहरुको योजनालाई सफल पार्न नदिनु हामी यूवाहरुको कर्तव्य हो । विषेष गरी यसको जिम्मेवारी माओवादी छ ।
हामी कहिले सम्म विदेशकिो गुलामी गरी वस्ने ?
हामीले कहिल्यै यो सोच्नु उपयुक्त हो जस्तो मलाई लाग्दैन कि नेपालमा जातीय राज्य बनाउनु नै र्सबथोक हो । जातीय राज्य ले अनि विखन्डनले देश बन्ने भएको भए कयौ शाल पहिला पृथ्वी नारायण शाहले त्यो महान युद्ध गर्ने थिएनन् होला । दिनानु दिन सिमावर्ती क्षेत्रमा भारतको अत्रि्रमण बण्ेको छ, महिला भारतीय सुरक्षा बल संग बलात्कृत बनेको समाचार के हाम्रो कानमा नपरेको हो र ? नेपालको यो संक्रमण कालको फाईदा उठाएर छिमेकीहरुले बर्मलुट पार्न लागि सके देश को विकाश शुन्य भएको छ । अझै पनि हामी यस्तो सानो तिनो कुरामा अल्झने हो भने आगामी दिनमा नेपाल भन्ने नाम रहला भन्न सकिदैन । विदेशि हस्तक्षव बढेको बर्ढर्ेइ छ हरेक दिनमा कम्तीमा पनि बाध्यताको भुमरीमा परेर २०० देखि ३०० नेपाली युवा विदेश गएर गुलामी गर्न बाध्य बनेका छौ ।
देशमा न कुनै रोजगारको ग्यारेन्टी छ न त शान्ती शुरक्षा । अरु नभएर अस्ती मात्र मैले समाचार मा हेरेको थिए कि सरकारको सडक निर्माण कार्यमा सोझा जनताका घर भत्काएर विकासको नाममा घर वार उखाड्ने सरकारले अमेरीकि MBC को पर्खाल को एकर् इटा खसाल्न सकेन आखिर किन ? देश विकाशमा किन विदेशी हस्तक्षप के सरकारले अब केहि गर्न नसक्ने भएको हो त ? नेता हरु हो अब अती भयो हात उठाएर अब सकिन भन देशले केहि न केहि निकास पाउदछ । अनाबश्यक प्रोपोगान्डा खडा गरेर हलो अड्काउने गोरु चुट्ने काम गर्नु कहाँ सम्म मर्ुखता हो ? तपाईहरु आफै जान्नुपर्ने कुरा हो ।
२ छाक र्टार्नको लागि देशमा वस्ने अवस्था नभएको कारण एक नेपाली घर परिवार समाज आफना आफन्त छोडेर विदेश लाग्यो, विदेशमा न कुनै किसिमको श्रमको दरीलो सम्झौता छ त न कुनै कामको ग्यारेन्टी । एक त नेपालबाट विदेश आउनको लागि नै भ्रस्टाचारीले हैरान पारेका हुन्छन् सरकार मौन छ लाचार छ । यहाँ सम्म कि विदेशमा जती पनि नेपाली आउछन् हाम्रो अवस्था भनेको सबै भन्दा कमजोर हो । कुनै कानुनी विषयमा होस् या त सेल्लरी जुन सुकै कुरामा पनि , तपाईहरुलाई थाहा भएको कुरा हो दर्ुबईको जेलमा बिना कारण मृत्यु पर्खेर बसेका अमरलाई के गर्न सक्यो लाचार सरकार - जो गल्ती गर्ने हत्यारालाई समेत दर्ुवई सरकारले फासीमा चडाउन सकेको छैन किन कि भारत सरकारको दवावको कारण, भने नेपाली अमर निर्दोश भएको कुरा उनि हत्यारा २ भारतीय नागरीकले लीखित पत्र समेत दिएका छन् । आखिर के गर्दै छ हाम्रो सरकार - किन चुप छ - एन.आर.एन. र कुनै जील्लाका समुहले कानुनी तवरमा लड्न सक्दैनन् सरकार वालाहरु, के तिमिहरुलाई नेपालको रातो पासपोर्टको बदनाम गरी तीम्रा परिवार घुमाउन मात्र देशले दिएको हो - किन केहि गर्न सक्दैनौ - आखिर नेपालमा शान्ती र सम्बीधान अनि रोजगार कहिले -
हामी एकीन गर्न सक्दछौ कि दिनमा आउने हरेक समाचारमा कुनै पनि प्रगतीको समाचार आउदैन । साहयद कयौ महिनाको प्रतिक्षामा अस्ती मात्र एक समाचार सुन्न सकियो नेपाली क्रीकेट टोलीको सफलता, फेरी केहि पछि फर्कौ खेलको विषयको राजनैतीक कुरा गर्दा भारतमा भएका र्सार्क स्तरीय देबुल टेनीश खेलका विजेतालाई पुरस्कार अर्थात मेडल दिने समय नदिई चुनाबको लागी भनेर रित्तो हात फर्काइयो, लण्डन वलम्पीक मा आयोजकले सर्म्पर्कको लागि दिएको फोन फिर्ता नगर्नाले अन्तराष्टीय सञ्चार माध्यममा अहिले नेपाल को खुब पब्लीसिटि छ । आखिर्रर् इज्जत गर्न सकीदैन भने बदानम पनि गर्ने अधिकार छैन भन्ने कुरा उहाँहरुले पनि बुझनु पर्ने हो ।
आशा गरौ देशले छिटै निकाशको सास फर्ेन पाओस् , देश टुक्रा टुक्रा बनेर भारत वा चीनको एक प्रान्त नबनोस् यहि भन्न चाहान्छु ।
राम प्रसाद भण्डारी ल्वाङ्ग धलेल ४ कास्की
हाला दोहा कतार
email-ram.bhandari11@gmail.com
No comments:
Post a Comment