२६ भाद्र, काठमाडौं, २ हप्तादेखि रिक्त रहेको नेपाल चलचित्र बोर्डको अध्यक्षपदका लागि नायीका रेखा थापाले राजनैतिक भेटघाटलाई तिव्र बनाएकी छिन् । आफू नजिक रहेको राजनीतिक पार्टी सरकारमा गएको मौका छोपी आफ्नो दुनो सोझ्याउने प्रयत्न गरेपनि सफलता हात लाग्ने सम्भावना भने निकै कम्ति छ ।
सञ्चारमन्त्रीसँग एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कुरा नमिलेपछि । रेखाको अध्यक्ष बन्ने सपना

चकनाचुर हुने अवस्थामा पुगको छ । माओवादीका अध्यक्ष प्रचण्डले चलचित्र विकास बोर्डको अध्यक्षका लागि रेखा थापालाई नियुक्ति गर्न सञ्चारमन्त्रीलाई आदेश दिएका थिए । तर सञ्चारमन्त्रीले प्रचण्डको प्रस्तावलाई ठाडो अस्विकार गरी आफ्नो तर्फबाट सुरेश कार्कीलाई नियुक्ति गर्ने घोषणा गरे यतिमात्र होइन अध्यक्ष पदका लागि शैलेश आचार्य, प्रदीप उदय लगायत आ–आफ्नै ढंगबाढ दौढधुप गरिएको स्रोतको दावी छ । यसअघि शैलेश अचार्य भने विकास बोर्ड को अध्यक्ष पद सम्हाली सकेका व्यक्ति हुन् । तर असोजमा अमेरिका जान तयारी गरिरहेका शैलेशले किन अध्यक्ष पदका लागी दौढधुप गरिरहेका छन् । त्यो भने रहस्यमय छ ।
रेखा र सुरेशको कुरालाई लिएर प्रचण्ड र सञ्चारमन्त्री यादवको सम्वन्धपनि पानी बारावार भएको छ । प्रचण्डले जसरी पनि रेखालाई नै अध्यक्ष बनाउने दाउमा छन् भने सञ्चारमन्त्री यादवले उनको त्यो कदमलाई कुनैपनि हालतमा स्वीकार्ने पक्षमा छैनन् । रेखाको लविङलाई देखेर सञ्चारमन्त्री यादवले त्यो कदमको खिस्सी उठाउन समेत पछि परेका छैनन् । उनले मिडियासँगको कुराकानीमा भने–‘विकास बोर्डको अध्यक्षमा नियुक्ति गर्ने जिम्मा मेरो हो रेखाले प्रचण्ड र बाबुरामलाई भेट्दैमा हुनेवाला केही पनि छैन’ ।
यसरी चलचित्र विकास बोर्ड मा राजनैतिक हस्तक्षेप भैरहँदा समग्र चलचित्र उद्योगलाई नै असर परिरहेको छ । राजनैतिक शक्तिको प्रयोग गरी आफू प्रमुख बन्ने होडबाजीले गर्दा विकास बोर्डको नेतृत्व कमजोर बन्नेमा सबै कलाकार चिन्तित बनेका छन् । यो अस्थिरताले विकास बोर्ड अझै केही महिना प्रमुखविहिन बन्नेमा कसैको दुईमत छैन ।

No comments:
Post a Comment