गैंडाको शरीरभित्र मान्छे

तस्वीरमा के देख्नु भयो, गैंडाको शरीरभित्रबाट चिहाईरहेकी एक बालिका ? पक्कै पनि यो दृष्य सहि हो, तर गैंडाको शरीरबाट निस्केकी बालिका र गैंडा भने बास्तविक होइनन् । अचम्ममा पर्नु भो ? विश्वकै सबैभन्दा बढी जनसंख्या भएको मुलुक चीन जहिल्यै पनि फरक–फरक कारणले चर्चामा रहने गर्छ । केही दिनअघि स्थानीय एक किसानले स्वादिष्ट फल नासपातीलाई बुद्धको मूर्ति स्वरुपमा फलाएको खबर बाहिर आएको थियो ।
अहिले यहाँ देखिएको तस्वीर भने त्यहाँ भएको एक थ्रीडी पेन्टिङ एक्जिवेशनको एक चित्र हो । हालै त्यहाँ थ्रीडी पेन्टिङ एक्जिवेशनको आयोजना गरिएको थियो । जसको उद्देश्य मानिसहरुलाई उक्त कलाको विषयमा चेतना जगाउने रहेको थियो र यसमा आयोजकहरु धेरै हदसम्म सफल भएको जनाइएको छ । उक्त एक्जिवेशनमा राखिएका थ्रीटी पेन्टिङहरु मानिसहरुलाई लोभ्याउने किसिमको थियो । ती चित्रहरुलाई हेर्दा आँखामा एक किसिमको भ्रम पैदा हुन्थ्यो वा ती चित्रहरु हेर्दा लाग्छ, ती साँच्चिकै हुन् । तर, यर्थाथ भने फरक किनकी ती कला हुन् ।

No comments:

Post a Comment