भारतीय प्रधानमन्त्रीको काठमाडौंमा हत्या गर्ने योजना !


 पाकिस्तानी खुफिया एजेन्सी आईएसआईले भारतका तत्कालिन प्रधानमन्त्री अटल बिहारी बाजपेयीलाई काठमाडौंमा मार्ने षड्यन्त्र गरेको भारतीय सञ्चार माध्यमहरुले दावी गरेका छन् ।
कन्धार विमान अपहरण एवं दिल्लीको लाजपत नगरमा भएको बम विस्फोटमा संलग्न मेराजुद्दिनले सन् २००२ मा काठमाडौंमा भएको सार्क सम्मेलनका क्रममा वाजपेयीसहितका नेताहरुलाई आईएसआईले निशाना बनाएको स्वीकार गरेको भारतीय समाचार एजेन्सी जागरणले समाचार लेखेको छ । १३ वर्षअघि काठमाडौंबाट नयाँदिल्लीका लागि उडेको इन्डियन एयरलाइन्सको विमान अपरणकारी मध्येका एक मेराजुद्दिन भनिने जावेद अहमदलाई हालै मात्र भारतीय प्रहरीले कश्मीरबाट पक्राउ परेका हुन् ।
उनी भारतले पाकिस्तानलाई दिएको २० मोष्टबान्टेडको सूचीमा पनि थिए । उनीसँग अहिले भारतीय खुफिया एजेन्सी एनआई, सीबीआइ, मिलट्री इन्टेलिजेन्छ र जम्बु कश्मीर प्रहरीले सोधपुछ गरिरहेको छ । जम्बु प्रहरीका महानिर्देशक दिलबाग सिंहले मेराजुद्दीनबाट महत्वपूर्ण सूचनाहरु पाएको बताएका छन् ।
समाचारमा जनाइए अनुसार मेराजुद्दीनको सम्वन्ध काठमाडौंस्थित पाकिस्तानी दूताबासका भिसा सेक्सन अफिसर अयूब भनिने अरशद चीमासँग रहेको थियो । तर, सन् २००१ मा चीमा लागु औषधसहित पक्राउ परेपछि सरकारले उनलार्इ पाकिस्तान पठाइएको थियो ।

No comments:

Post a Comment