अवैध कल बाइपासमा प्रयोग भएका इन्टरनेट आईपी पत्ता लगाउन नेटवर्क सर्भिस प्रदायक (एनएसपी) ले मेनिटरिङ सफ्वेयर ल्याएका छन् । इन्टरनेट प्रोटोकल मार्फत हुने गरेको अवैध कल बाइपास (भीओआईपी) नियन्त्रणमा सहयोग गर्न केही समयअघि एनएसपीले ल्याएको सफ्टवेयर प्रभावकारी रूपमा प्रयोग गर्न लागिएको हो ।
'अवैध कल बाइपासमा प्रयोग हुने इन्टरनेट आईपी पत्ता लगाएर मोनिटरिङ सफ्टवेयर ल्याएका हौं,' बल्र्डलिंकका महासचिव दिलीप अग्रवालले भने । नेपाल भित्रने इन्टरनेटको गेटवेमा यो सफ्टवेयर राखिएको छ । बल्र्डलिंक, मर्कन्टायल, सुविसु र वेभ सर्भरले नेपालमा इन्टरनेट ब्यान्डविथ ल्याएर विक्री गरिरहेका छन् । 'चारवटै कम्पनीले ब्यान्डविथ नेपाल भित्र्याउने ठाउँमा यो सर्भर राख्नेछन्,' उनले भने, 'त्यसमा कसले कति ब्यान्डविथ प्रयोग गरिहेको छ हेर्न सकिन्छ ।' २० हजार डलरमा यो सफ्टवेयर किनेको उनले बताए ।
सफ्टवेयरबाट ग्राहकले प्रयोग गरेको इन्टरनेट र ब्यान्डविथको बारेमा हेर्न सकिन्छ । त्यस आधारमा अवैध कल बाइपासमा कुन ग्राहकले इन्टरनेट प्रयोग गरिरहेको त्यो हेर्न सकिने र त्यसले थप अनुसन्धान गर्न सघाउने उनले बताए । सफ्टवेयरबाट मोनिटर गर्ने जिम्मा भने आफूले नगर्ने उनीहरूले बताए । 'दूरसञ्चार प्राधिकरणलाई यो सफ्टवेयरबाट ग्राहकको मनिटर गर्ने दिने योजना छ,' उनले भने, 'यसबारे प्राधिकरणसँग छलफल भइरहेको छ । उसलाई जिम्मा दिए पनि सहयोग गर्न तयार छौं ।' प्राधिकरणले मोनिटर गर्ने काम एनएसपीले नै गर्ने जनाएको छ । 'नियमित मोनिटरिङ उनीहरूले नै गर्नेछन्,' प्राधिकरणका प्रवक्ता कैलाशप्रसाद न्यौपानेले भने, 'हाम्रो पहुँच हुन्छ । आवश्यकता परे हामीले पनि हेर्ने सहमति भएको छ ।' उनले शंकास्पद ग्राहकको जानकारी एनएसपीले गराउने पनि जानकारी दिए । भीओआईपीबाट दूरसञ्चार कम्पनी र सरकारले ठूलो राजस्व गुमाएको अवस्थामा ल्याइएको यो सफ्टवेयरले यस्तो अवैध काम नियन्त्रणमा सहयोग पुग्ने उनले बताए । विदेशबाट आउने फोनलाई अन्तर्राष्ट्रिय गेटवे भएको दूरसञ्चार कम्पनीको नेटवर्कबाट आउन नदिई इन्टरनेटको सहयोगमा भित्र्याउने प्रविधि भीओआईपी हो ।
भीओआईपीमा अहिलेसम्म प्रयोग भएको इन्टरनेट ठूलो क्षमता र 'डेडिकेटेड ब्यान्डविथ' का छन् । हाल कम्पनीबाट दुई प्रकारका ग्राहक बनाएर इन्टरनेट सेवा दिइरहेका छन् । थोरै ब्यान्डविथ प्रयोग गर्ने घरका ग्राहकलाई भिन्दै आईपी ठेगानासहित 'डेडिकेटेड ब्यान्डविथ' दिएका हुँदैनन् । धेरै प्रयोग गर्नेले भने डेडिकेटेड ब्यान्डविथसहित भिन्दै आईपी ठेगाना दिइएको हुन्छ । अग्रवालका अनुसार भीओआईपीमा प्रयोग हुने इन्टरनेट डेडिकेटेड ब्यान्डविथ लिने ग्राहकका छन् । 'सफ्टवेयरबाट यस्तो ग्राहकलाई मात्र मोनिटर गरे हुन्छ,' उनले भने । व्यक्तिगत प्रयोगका लागि दिएका इन्टरनेटको भने भिन्दै ब्यान्डविथ हँुदैन । भीओआईपी सञ्चालन गर्नेले ठूलो कार्यालय, साइवर क्याफे, आउटसोसिङ कम्पनी भन्दै अहिले धेरै ब्यान्डविथ लिने गरेका छन् । अवैध कल बाइपासमा गुणस्तरीय भ्वाइस दिन धेरै ब्यान्डविथ प्रयोग गर्छन् ।

No comments:
Post a Comment