दुर्घटना अपडेट: घाइतेलाई नेपालगन्ज ल्याइयो

बाँके, भाद्र २६ - २८ यात्रुको ज्यान जाने गरी कालिकोटको पाखा गाविस- १ विर्तामोडमा भएको बस दुर्घटना का घाइते ११ जनालाई थप उपचारका लागि हेलिकप्टरबाट भेरी अञ्चल अस्पताल नेपालगन्ज ल्याइएको छ ।

घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको चिकित्सकले जानकारी दिएका छन् । घाइतेहरु कालिकोट मान्मा ३ कि ३८ बर्षीया जुनपुरा जैसी, सुकाटिया-४ नन्दा भटराई, जुम्ला काल
िका- ७ का नयाँबहादुर शाही, जुम्ला गुठिचौर- ७ का बसन्त बुढा, प्युठान गचेरा-८ की ट्युरा सिंह र जुम्ला चन्दननाथ- २ का भैरब रावतलाई फिस्टेल एअरको हेलिकप्टरबाट उपचारका लागि नेपालगन्ज ल्याइएको हो ।

त्यस्तै जुम्ला-२ का पदम थापा, पाण्डवगुफा-१ का टोपबहादुर कार्की, पाण्डवगुफा- ४ का बलबहादुर रोका, कालिकोट छाप्रे-५ का रणबहादुर सिंह र मुगु कार्कीवाँडा-२ का जयबहादुर भानलाई पनि हेलिकप्टरबाट नेपालगन्ज ल्याइएको छ ।

कालिकोटको सदरमुकाम मान्मादेखि यात्रु बोकेर जुम्ला तर्फ जाँदै गरेको ना ४ ख ६८७७ नम्बरको बस सोमबार राति ११ वजे बिर्तामोडबाट झण्डै ५ मिटर तल खसेर दुर्घटना भएको थियो ।

No comments:

Post a Comment