काठमाडौं, भदौ २६–गरीब घर परिवारले चार महिनामा परिचय पत्र पाउने भएका छन् । गरीब घर परिवार पहिचान र परिचय पत्र व्यवस्थापन तथा वितरण समन्वय बोर्डले चार महिनासम्ममा गरीब घर परिवारका हातमा कार्ड पुग्ने जानकारी दिएको हो ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बोर्डले दिएको जानकारी अनुसार असोज १ गतेदेखि परिचय पत्र वितरणका लागि काम शुरु हुने छ । असोज १ मा गणक नियुक्ति, प्रश्नावली, समन्वय समिति र सचिवालय गठन गरी चार महिनामा परिचय पत्र दिने बोर्डका अध्यक्ष जनकराज जोशीले जानकारी दिनुभयो ।
पहिलो चरणमा २५ वटा पहाडी जिल्लामा परिचय पत्र वितरण गरिनेछ । गरीब परिचय पत्र वितरणले सामाजिक विभाजन हुने भन्दै आलोचना गरिएपनि बोर्डका अध्यक्ष जोशीले यसले सामाजिक विभाजन नभई गरीबका समस्या समाधान गर्ने दावी गर्नुभयो । अब सरकारले बजेट आफ्ना नीति कार्यक्रम पनि यसैका आधारमा गर्ने जोशीले बताउनुभयो

No comments:
Post a Comment