भदौ,२६ बर्दिया । बर्दिया र चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको अवस्था थापा पाउन र चोरी शिकार नियन्त्रणकालागि नेपालमै पहिलो पटक पाईलट बिनाको जहाजद्वारा हवाई गस्ती शुरु गरिएको छ । अटो पाईलट कन्जरभेसन ड्रोन्स नामक पाइलट आवश्यक नपर्ने जहाजमा क्यामरा जडान गरी निकुञ्जभित्र गस्ती शुरु गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले बताउनुभयो । निकुञ्जको नक्सा अनुसार कुन क्षेत्र अवलोकन गर्ने र कति समयभित्र फर्कने भन्ने कुरा उडान अघिनै कम्प्युटरमा निश्चित गर्न र ८ जिबीको पेनड्राईभ सहितको क्यामरा जडान गरी अवलोकन शुरु गरिएको उहाँको भनाई छ । निकुञ्जका कर्मचारी र सुरक्षाकर्मीलाई तालिम दिएपछि आजबाट हवार्इ गस्ती थालिएको उहाँको भनार्इ छ । ब्याट्रीबाट चल्ने जहाज २० किलोमिटर टाढासम्म पुग्ने र प्रतिसेकेन्ड १० मिटर उडान भर्ने बतार्इएको छ । चोरीशिकार नियन्त्रण, वन्यजन्तुको अवस्था र वासस्थानका बारेमा सहजै जानकारी पाउने उदेश्यले परीक्षणकालागि नेपलामै पहिलोपटक बर्दिया र चितवनमा गस्ती थालिएको हो। वन्यजन्तु संरक्षण अभियानमा रहेको विश्व वन्यजन्तु कोष डब्लु डब्लु एफ को आर्थिक सहयोगमा यस्तो हवार्इ गस्ती थालिएको निकुञ्जले जनाएको छ । उडाउनुअघि हातले हल्का धकेलेर उडाईन्छ, उडाउनु अघि तोकिएको क्षेत्र र समय भित्र अवलोकन गरी जहाज उडाईएकै स्थानमा फर्कने गर्छ भण्डारीले जानकारी दिनुभयो ।
No comments:
Post a Comment