जिप दुर्घटनामा एकको ज्यान गयो, ९ घाइते


उदयपुर, भदौ २६ – उदयपुरको बेल्टारबाट मंगलबार बिहान यात्रु लिएर सदरमुकाम गाइघाटतर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । नौजना घाइते भएका छन् । स १ च ७८ नम्बरको जिप हडिया गाविसको खैराझोरामा दुर्घटना हुँदा बेल्टार ४ का ५५ बर्षिय कुमार थापाको ज्यान गएको हो ।


दुर्घटनामा गम्भिर घाईते भएका थापाको उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटैमा ज्यान गएको प्रहरीले जनाएको छ । घाइतेमध्ये हडिया २ का गणेश राईको अवस्था चिन्ताजनक रहेको छ । उहाँलाई उपचारका लागि धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।

बाँकी ८ जना सामान्य रहेकोले जिल्ला अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक नरेन्द्रप्रसाद उपे्रतीले जानकारी दिनुभयो । घटनापछि जिप र चालकलाई प्रहरीले इलाका प्रहरी कार्यालय बेल्टारमा राखेको छ

No comments:

Post a Comment