विमानस्थलका लागि पोखरामा काउनडाउन

पोखरा, भदौ २६ – पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अगाडी बढाउन माग गर्दै सरोकार समिति गठन गरी आन्दोलनमा उत्रिएका पोखरेलीहरुले फेरि सांकेतिक आन्दोलन सुरु गरेका छन् । आन्दोलन स्वरुप पर्यटन व्यवसायीहरुले दिउँसो ईमर्जेन्सी लाईट बालेर रित्तो गाडी लिएर पोखरा नगर परिक्रमा गरेका छन् ।

यसअघि नै सरोकार समितिले विभिन्न चोकचोकमा तुल ब्यानर राखेर सरकारले दिएको १५ दिनको काउनडाउन सुरु गरिसकेका छन् भने विभिन्न संघसंस्थाहरुसँग सहकार्य गरि सल्लाह सुझाव लिईसकेको छ । क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण माग गर्दै आन्दोलित सरोकार समितिलाई सरकारले १५ दिन समय मागेपछि भदौ १४ गते आन्दोलन स्थगित गरिएको थियो ।

सरकारले लिएको १५ दिन बित्न लाग्दा समेत कुनै पहल नभएपछि पुन सरोकार समितिले दबाव दिनको लागि सांकेतिक आन्दोलन सुरु गरेको हो । अब सरकारले लिएको १५ दिन बित्न ३ दिन मात्रै बाँकी छ ।

No comments:

Post a Comment