२०६८र०६९ को बजेट वक्तव्यमा भनिएको थियो-’वैदेशिक रोजगारमा गएका नेपाली कामदारहरुको रोजगारीको सिलसिलामा मृत्यु भएकाको विमा रकममा लाग्दै आएको आयकर वैदेशिक रोजगार प्रबद्धन बोर्डमार्फत सोधभर्ना हुने व्यवस्था मिलाईएको छ ।’
भनियो मात्र, सोधभर्ना दिएन् । ँकाम गर्दा छोराको साउदीमा मृत्यु भयो, इन्सुरेन्स कम्पनीबाट बिमाको रकम लिएँ तर कर काटेर दियो,’ महाभारा-४ झापाका उदयप्रसाद थापाका बुवा नौला सिंहले भने ँसरकारले कर फिर्ता हुन्छ भनेपनि पाइएन् ।’
उनले आफ्नी बुहारी नैनाकलालाई लिएर छोराको जीवन बिमा बापतको रकम लिन काठमाण्डौं धाए । ँ बोडका सरहरुले पछि फोन गर्नु भन्नुभएको छ, आएपछि दिन्छौ भन्नुभयो ।’ नैनकलाले भनिन् ।
मृतकको परिवारले कर कट्टी भएको २५ हजार ६ सय २५ रुपैयाँको दाबी गर्दै बोर्डमा निवेदन दिएको खबर कान्तिपुर दैनिकमा छ ।
सरकारले आफ्नै प्रतिबद्धता विपरीत एक बर्षअघिदेखि मृतकको विमा, शव र किरिया खर्च रकमबाट ५ प्रतिशत आयकर कटाउँदै आएको छ ।
No comments:
Post a Comment