रक्सीबाट चल्ने कार

विश्व प्रविधिको दुनियाँमा निकै अघि बढी सकेको छ । प्रविधिकै कारण असम्भव लाग्ने कतिपय कुरा अहिले सम्भव हुँदै गईरहेका छन् । त्यस्तै अर्कोतर्फ विश्वभरी नै अहिले इन्धन संकट चुलिदै गएको छ । विश्वबजारमा इन्धनको उपयोग रोक्न कतिपय विकशित देशहरु लागि परेका छन् । त्यस्तै हिजै मात्र नेपाल आयल निगमले पनि इन्धनको मूल्य बढाएको छ ।

यसैबीच रक्सीबाट चल्ने कार तयार भएको खबर सार्वजनिक भएको छ । समाचारका अनुसार उक्त कार चलाउन पेट्रोल या डिजल हैन, रक्सीको आवश्यकता पर्छ । पत्याउन मुस्किल पर्ने यो खबर सत्य हो । अमेरिकी वैज्ञानिकले यस्तै कार निर्माण गरेका छन् ।

 



वैज्ञानिकहरुले उक्त कारलाई प्रर्दशन समेत गरिसकेका छन् । वैज्ञानिकहरुले पहिलो पटक उक्त कार वातावरण र्‍यालीमा प्रदर्शन गरेका थिए । रक्सीबाट चल्ने उक्त कारको नाम लोटस एक्साइज २७० ई ट्राई फ्यूल राखिएको छ ।

उक्त कारमा वैज्ञानिकहरुले १।८ लिटर क्षमताका इन्जिनको प्रयोग गरेका छन् । उक्त कार २ सय ७० हर्स पावर क्षमताको भएको जनाइएको छ । कारको लुक पनि आर्कषक भएको जनाइएको छ । उक्त कार सर्वसाधारणले खरिद गर्नेगरी बजारमा आउन भने केही समय लाग्ने जनाइएको छ ।

No comments:

Post a Comment