आफ्नो प्रेमी वा प्रेमिकाले आफुलाई कत्तिको माया गर्छ भन्ने कुरा जाँच्न तपाइँ के गर्नुहुन्छ? यदि मायालुको परीक्षा गर्ने उपाय जान्नुभएको छैन भने तपाइँका लागि राम्रो टिप्स प्राप्त भएको छ । रुसका एक जना युवकले प्रेमिकाको परीक्षा लिन यस्तो अनौठो तथा मुर्खतापूर्ण शैली अपनाएका छन् जसले प्रेमका खातिर मान्छेले कतिसम्म जोखिम मोल्न तयार हुँदो रहेछ भन्ने कुरा प्रष्टै पारेको छ ।
रुसको ओम्स्क शहरमा बस्ने एलेक्सी बायकोब नामका युवकले आफ्नी प्रेमिकाले आफुलाई कति मायाँ गर्छिन् ?भन्ने कुरा थाहा पाउन आफ्नै ज्यान जोखिममा पारे । यदि धेरै माया गर्ने थाहा पाएमा बिहेको प्रस्ताव गर्ने निधो गर्दै उनले कार दुर्घटनामा परी मरेर मायालुको मनमा रहेको मायाँ जाच्ने कोसिस गरे र त्यसमा सफल पनि भए ।
३० वर्षीय बायकोबले यसका लागि एक फिल्म शुटिङ युनिटलाई भाडामा लिए । जसमा निर्देशक, स्टन्टमेन अर्थात् खतरनाक दृश्य गर्ने व्यक्ति तथा मेकअप आर्टिस्ट र स्त्रिmप्ट राइटर लगायतका थिए । उनलाई एक कार दुर्घटनाको दृश्य तयार गर्नुथियो, जुन दुर्घटनामा परी बायकोवको मृत्यु हुन्थ्यो ।
फिल्म युनिटले बायकोबको योजना मुताविक वास्तविक तरिकाबाट यस्तो दृश्य तयार पारे ता की बायकोबकी प्रेमिकालाई यो सबै बनाबटी र नियोजित हो भन्ने कुराको रत्तिभर पनि सुइँको नहोस् ।
No comments:
Post a Comment