त्रिभुवन विश्वविद्यालय अंग्रजी स्नातकोत्तर तहको प्रश्नपत्र ‘आउट


२६ भदौ, काठमाण्डौं । त्रिभुवन विश्वविद्यालय अंग्रजी केन्द्रीय विभागले स्नातकोत्तर तहको प्रश्नपत्र आफैँले ‘आउट’ गरेको प्रमाण भेटिएको छ ।
एमए प्रथम बर्षको परीक्षाका लागि तयार पारिएको प्रश्नपत्र अंग्रेजी केन्द्रीय विभागले आफ्ना विद्यार्थीलाई पहिलेनै दिएको थियो ।
स्नातकोत्तर तह अंग्रेजी विषयको प्रथम बर्षको तेस्रो पत्र -५०१-१) ‘लिंगुइस्टिक एन्ड लिट्रेचर’मा एक सय पूणर्ांकको प्रश्न केन्द्रीय विभागका विद्यार्थीले पहिल्यै पाएका थिए । करिब सात सय विद्यार्थीले आफुहरुले पहिले नै पाएको प्रश्नपत्रमा परीक्षा लेखे भने बाँकी ६ हजार भन्दा बढी विद्यार्थीमाथि भने घात भएको खबर नयाँ पत्रिकाले छापेको छ ।
विभागले आफ्ना विद्यार्थीलाई गत चैत्रमा आन्तरिक परीक्षाका लागि भन्दै दिएको पश्न नै त्रिवि नियन्त्रण कार्यालयले आइतबार लिएको परीक्षामा पनि सोही प्रश्न सोधेको थियो । केन्द्रीय विभागले देशभरका अन्य विद्यार्थीलाई मूल्यहिन बनाउन यति ठूलो घात गरेको अरु विद्यार्थीले आरोप लगाएका छन् ।
परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक रमेशकुमार जोशीले भने केन्द्रीय विभागमा आएको प्रश्न हुबहु भएको विषयमा आफुलाई कुनै जानकारी नभएको बताएका छन् 

No comments:

Post a Comment