दसैंका लागि २० प्रतिशत बढी नयाँ नोट निस्कासन


काठमाडौं, भाद्र २६ - राष्ट्र बैंकले दशैको समयमा २० प्रतिशत बढी नोट बजारमा प्रवाह गर्ने भएको छ । नया नोटको सबैभन्दा बढी माग हुने दशैको समयमा अभाव हुन नदिन यस्तो तयारी गरिएको हो ।
राष्ट्र बैंकका अनुसार करिब ४० अर्ब रुपैया बराबरको नया नोट दशैको समय बजारमा आउने छन् । हाल २ खर्बको हाराहारीमा नोट बजारमा छन् । दशैको समयमा वर्षेनी बढ्ने नया नोटको मागलाई ध्यानमा राखेर वृद्धि गर्न लागिएको राष्ट्र बैंकका एक अधिकारीले बताए ।
उनका अनुसार राष्ट्र बैंकका सबै क्षेत्रिय कार्यालयमा नया नोट पठाइसकिएको छ । 'केहि साताभित्रै ती नोट अन्य बैंकमा पुगिसक्नेछन्' उनले भने । यसका साथै नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैकका ६६ जिल्लामा रहेका शाखाबाट पनि नया नोट उपलब्ध हुने उनले बताए । ekantipur.com

No comments:

Post a Comment