एक महिनामा ४१ वटा बलात्कारका घटना !



१० वैशाख, काठमाण्डौ । अघिल्लो एक महिनामा मात्रै मुलुकमा ४१ वटा बलात्कारका घटना भएका छन् । सार्वजनिक जानकारीमा आएका त्यस्ता मुद्दाका अभिलेखका आधारमा गत २०६९ को चैत महिनामा ४१ वटा बलात्कारका घटना देखिएका हुन् । महिला पुनःस्थापना केन्द्रमा उजुरी परेका र पत्रपत्रिकामा रिपोर्टिङ भएका आधारमा अध्ययन गर्दा ती घटनाको निष्पक्ष अनुसन्धान, अपराधीलाई तुरुन्त सजाय र पीडितलाई न्याय दिने वातावरण तयार हुन नसकेको पाइएको छ ।
ओरेकका प्रमुख कार्यकारी अधिकृत नम्रता शर्माले महिला हिंसाविरुद्ध शून्य सहनशीलता’ भन्ने नाराका साथ लैङ्गिक हिंसा न्यूनीकरणका लागि सरकारले राष्ट्रिय कार्ययोजना, मापदण्ड ल्याउनुका साथै महिला हिंसाका घटनालाई २४ घण्टाभित्र सम्बोधन गर्नका लागि संयन्त्रको विकास गर्ने प्रतिबद्धता गरिसकेको अवस्थामा यस्ता घटना बढ्नु दुःखद् भएको बताउनुभयो । बलात्कारका साथै महिलालाई जलाएर मारेका घटना दोहोरिएका छन् । बोक्सीको आरोप लगाई कुटपिट गर्नुका साथै मलमुत्र खुवाउनेजस्ता अमानवीय कार्य पनि भइरहेका छन् ।
ओरेकले केही दिनअघि धनुषा र मोरङमा बलात्कारपछि महिलाको हत्या गरेको र यही वैशाख ३ गते आˆनो कामले बाहिर निस्किएकी नवलपरासीकी एक युवतीलाई बाटोबाटै रुपन्देही केरवानीका युवाले जबर्जस्ती नियन्त्रणमा लिई सामूहिक बलात्कार गरेको घटनामा तत्काल कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ । रासस

No comments:

Post a Comment