ड्राइभरलाई फसाएर अन्तर्राष्ट्रिय तस्कर बचाउने प्रयास


७ वैशाख, काठमाण्डौं । वन्यजन्तुका अंग तथा प्राचीन मूर्तिको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका एक नाइकेलाई उन्मुक्ति दिन करोडौंको चलखेल भएको छ । चिनियाँ मूलका नेपाली लोडु डिमेलाई आर्थिक चलखेलका आधारमा चोख्याउन लागिएको हो ।
उच्च स्रोतका अनुसार तस्करीका नाइके डिमेलाई बचाउन तत्कालीन वनमन्त्री यदुवंश झादेखि वरिष्ठ प्रहरी अधिकारी तथा वन कार्यालयका अधिकारी लागेका हुन । आर्थिक चलखेलका आधारमा ट्रकचालक र धनीलाई फसाएर मुख्य कारोबारीलाई जोगाउने खेल भइरहेको स्रोतको दाबी छ ।
आर्थिक चलखेलकै आधारमा डिमेकी श्रीमती डिकी छिरिङलाई गम्भीर किसिमका मुद्दामा धरौटीमा लिई रिहा गरिएको छ । तर, ट्रक चालक तथा मालिकलाई भने जेल पठाइएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ । डिमेकी श्रीमती छिरिङलाई तीनवटा गम्भीर किसिमका मुद्दामा सजिलै उन्मुक्ति दिइएको हो । छिरिङविरुद्ध प्राचीन स्मारक ऐनअन्तर्गत प्रहरी वन्यजन्तुको अंग तस्करीअन्तर्गत वन कार्यालयले तथा सम्पत्ति शुद्धीकरणअन्र्तगत सम्पत्ति शुद्धीकरण विभागले मुद्धा चलाएको थियो । तर, छिरिङ सबै मुद्दामा धरौटीमा गत महिना छुटेकी हुन् ।

No comments:

Post a Comment