सेनामा नेपाली भाषा विवाद


७ वैशाख, काठमाण्डौं । नेपाली सेनामा राष्ट्र भाषा नेपाली अध्ययन गरेका अधिकृतलाई अवसर दिने किने नदिने भन्ने विवाद सुरु भएको छ । उच्चतम पद हासिल गर्न अनिवार्य रुपमा गर्नुपर्ने नेसनल डिफेन्स कलेज (एनडीसी) वा वार कलेज कोर्स छनोटका सन्दर्भमा मतमतान्तर देखिएको हो ।
विदेशमा कम्तीमा एक वर्ष लगाएर पूरा गर्नुपर्ने यो कोर्सका लागि अहिले अमेरिकाले दुईवटा र पाकिस्तानले एउटा कोटा दिएका छन् । ती देशले मनोनयन तत्काल गर्न ताकेता पनि गर्दै आएका छन् । यसअघि स्टाफ कलेजको प्रवेश परीक्षा अंग्रेजी भाषामा उत्तीर्ण अधिकृतका मात्रा ती कोर्स लागि मनोनयन हुँदै आएका थिए । स्टाफ कलेज उत्तीर्ण गरेका सैनिक अधिकृतहरुका सन्दर्भमा यस्तो विवाद देखिएको हो ।
सेनालाई अमेरिका, बेलायत, चीन, भारत, पाकिस्तान, क्यानाडा र बंगलादेशका सेनाले एनडीसी कोर्सका लागि छात्रवृत्ति कोटा उपलब्ध गराउँदै आएका छन् । सहायक रथी हुन स्टाफ कलेज गरेकै हुनपर्ने र यो तालिम नगर्नेका लागि पाँच प्रतिशत सिटमा मात्र सहायक रथी बनाइने व्यवस्था सैनिक ऐनमा रहेको अन्नपूर्ण पोष्टमा खबर छ ।
उच्च सैनिक स्रोतका अनुसार नेपाली भाषालाई देशभित्रै विभेद गर्न नहुने तर्कका आधारमा एनडीसी कोर्सका लागि नेपाली भाषामा परक्षिा दिन खुला गर्नेबारे पि्रन्सिपल स्टाफ अफिसर्स बैठकमा यो विषयले समेत प्रवेश पाएको छ ।

No comments:

Post a Comment