बोस्टन आक्रमणमा संलग्नको खोजी तीब्र


बैशाख ७ – अमेरिकाको बोस्टन बम आक्रमणका सम्भावित आक्रमणकारीको खोजी तिव्र पारिएको छ ।
घटनामा संलग्न भनिएका एकजना शुक्रबार प्रहरी कारबाहीका क्रममा मारिएका छन् । अर्का एक युवक भागेकाले खोज्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
बोष्टन नजिक वाटर टाउनमा दुई दर्जन भन्दा बढी राउन्ड गोलीको आवाज सुनिएपनि घटनामा कसैको ज्यान गए नगएको पुष्टि हुन नसकेको स्थानीय अधिकारीलाई उधृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।
बोस्टनकै म्यासाचुसेट्स इन्टिच्युट अफ टेक्नोलोजीमा एक प्रहरीलाई गोली हानी हत्या गरेर भाग्दै गरेका आक्रमणकारीको खोजीका क्रममा प्रहरीको कारबाहीमा शुक्रबार एक जना मारिएका हुन् । प्रहरीले मारिने युवक २६ वर्षीय तामेरलान सार्नेभका रुपमा पहिचान गरेको छ ।
बिस्फोट तथा गोलीकाण्डका अर्का अभियुक्त तामेरलानका भाई १९ वर्षीय जोखर सार्नेभको खोजी तीव्र पारिएको हो । बोष्टनका मेयरले आक्रमणकारी, प्रहरीको घेरामा परिसकेको दावी गरेका छन् ।
प्रहरीले घटनामा संलग्नको खोजी तिव्र पारेपछि सर्वसाधारणलाई घरभित्र सुरक्षित बस्न सूचना जारी गरेको छ । बोस्टन म्याराथनको फिनिसिङ लाइनमा भएको बिस्फोटमा ३ जनाले ज्यान गुमाएका थिए भने अन्य १ सय ७० घाइते भएका छन् । 

No comments:

Post a Comment