चीन–नेपाल सम्बन्धमा नयाँ अध्याय थपिएको प्रचण्डको दावी


काठमाडौं, बैशाख ६ – एकीकृत माओवादी अध्यक्ष प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटले दुई देशबीचको सम्बन्धमा नयाँ अध्याय थपेको दावी गर्नुभएको छ ।
चीन भ्रमणमा रहेका प्रचण्डले चीन र भारतले मिलेर नेपालको जलविद्युतमा लगानी गर्न समेत चीनका राष्ट्रपतिसँग आग्रह गरेको चिनियाँ पत्रिका मार्फत खुलासा गर्नुभएको छ ।
चिनियाँ राष्ट्रपतिसँगको भेटपछि चिनियाँ पत्रिका ग्लोबल टाइम्सलाई अन्तर्वार्ता दिँदै प्रचण्डले चिनियाँ राष्ट्रपतिसँगको भेटमा आफुले नेपालमा चिनिया लगानी बढाउन आग्रह गरेको बताउनुभएको छ ।
प्रचण्डले नेपालको ठूला जलविद्युत तथा सडक परियोजनामा चीन र भारतले संयुक्त लगानी गरेर सहकार्य गर्दै नेपालको सम्मृद्धिका लागि सहयोग गर्नसक्ने समेत बताउनुभएको छ ।
प्रचण्डले चीन र भारतको आर्थिक वृद्धिबाट नेपालले फाइदा लिनसक्ने भन्दै नेपाल, चीन र भारतले सहकार्य दरिलो बनाउनुपर्नेमा जोड दिएको ग्लोबल  टाइम्सले उल्लेख गरेको छ ।चिनियाँ मोडल शहर सेन्जेनको भ्रमण
चीन भ्रमणमा रहेका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ मोडल शहर सेन्जेनको भ्रमण गर्नु भएको छ । 
प्रचण्डले  सन् १९७९ मा देङ स्याओपिङ्गले  संसारकै नमूना सहरको रुपमा बिकास गरेको सेन्जेन विशेष आर्थिक क्षेत्रको भ्रमण गरेको उहाँका स्वकिय सचिव चुडामणी खड्काले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।
माओवादी अध्यक्ष प्रचण्ड हङकङ हुँदै शनिबार नेपाल फर्किनु हुनेछ ।

No comments:

Post a Comment