साझा यातायातको पक्षमा सोसल मिडिया


काठमाडौं, बैशाख ६ – काठमाडौमा साझा यातायातले सेवा सुरु गरेको एक हप्ता बित्न नपाउँदै निजी यातायात ब्यवसायीहरु अत्ताल्लिएका छन् ।
नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघले यातायात ब्यवस्था बिभागमा ज्ञापनपत्र बुझाएर साझाको रुट इजाजत खारेज हुनुपर्ने र साझाले सेवा सुरु गरेको रुटमा चल्ने अरु सवारी साधनलाई परेको असरको राज्यले क्षतिपुर्ति दिनुपर्ने माग राखेको छ ।
गुणस्तरहीन सार्वजनिक यातायातबाट आजित बनेका नागरिकले साझाको सुरुवातलाई निकै प्रशंसा गरिरहेका छन् । काठमाडौंमा जम्मा दुईवटा रुटमा साझाका १६ वटा बस चल्छन् ।
ट्वीटर, फेसबुक लगायतका सोसल मिडिया प्रयोगकर्ताले ‘साझा बचाउ’ भन्दै साझाको बिरोध गर्ने निजी व्यवसायीको बिरोध गरेका छन्

No comments:

Post a Comment